भारतमा बिहीबार थपिए बाह्र हजारभन्दा बढी कोरोना सङ्क्रमित 

बिहीबार, असार ९, २०७९
Global Ime Bank

नयाँदिल्ली । बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १३ हजार ३१३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । 
हाल भारतमा ८३ हजार ९९० सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१९ प्रतिशत हो ।
पछिल्लो एक दिनमा दश हजार ९१२ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ३६ हजार २७ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत रहेको छ । 
कोरोना महामारीबाट मङ्गलबार भारतमा ३५ को मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ९०० भन्दाबढीको मृत्यु भएको छ ।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ६२ लाख डोज खोप लगाइएकोे छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८५ करोड ९४ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको छ ।

‘मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप’

विश्व स्वास्थ्य सञ्जाल (डब्ल्युएचएन)ले मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
कोभिड–१९ को जोखिमविरुद्ध गठन भएको स्वास्थ्य वैज्ञानिकहरूको गठबन्धनले  मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी चिन्ताको विषय भएको बताउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

1653211119.webp
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का प्रमुखले ३२ देशमा मङ्कीपक्सका जीवाणु फैलिएका कारण अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठक भएको केहीदिनपछि डब्ल्युएचएनले स्वास्थ्य आपत्काल घोषणा गरेको अधिकारीहरूले बताएका छन् । आज डब्ल्युएचएनका पदाधिकारीको बैठक हुने र त्यसमा प्रकोपबाट जोगिन तथा उच्च सतर्कता अपनाउनेलगायत नियन्त्रणात्मक उपायबारे छलफल हुने बताइएको छ । 
रोगको प्रकोप कुनै एक देश वा क्षेत्रमा सीमिति नभएकाले त्यसविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता परेको स्वास्थ्य क्षेत्रका जानकारहरूले बताएका छन् । हाल विश्वका ५८ देशमा मङ्कीपक्स फैलिएको र तीन हजार चारसय १७ जना बिरामी फेला परेका छन् ।–रासस/एएनआई

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार