अफगानिस्तानमा भूकम्पमा परी सयौंको ज्यान गएकोमा नेपालद्वारा दुःख व्यक्त 

बिहीबार, असार ९, २०७९
Global Ime Bank

काठमाडौं । नेपालले बुधबार अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको हो । ‘विनाशकारी भूकम्पमाका कारण अफगानिस्तानमा थुप्रैको ज्यान गुमाएकोमा नेपाल दुःख व्यक्त गर्दछ । हामी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ परराष्ट्र मन्त्रालयले भनेको छ । यस दुःखद घडीमा नेपाली जनता अफगानिस्तानका जनतासँगै रहेको मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार