अफगानिस्तानका ६ हजार ५०० भन्दा बढी परिवारलाई मानवीय सहायता प्रदान

सोमबार, असार ६, २०७९
Global Ime Bank

काबुल ।  अफगानिस्तानका २० प्रान्तका विभिन्न स्थानमा गरी ६ हजार ५०० भन्दा बढी परिवारलाई मानवीय सहायता प्रदान गरिएको छ । उनीहरुले गएको एक हप्ताभित्रमा यो सहायता प्राप्त गरेका अफगानिस्तानको शरणार्थी तथा पुनस्र्थापनासम्बन्धी मन्त्रालयले जानकारी दिएको छ । प्राप्त भएका सामग्रीहरुमा खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यकताका सामग्रीहरु रहेका पनि सो मन्त्रालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जानाइएको छ ।
यी सामग्रीहरु विभिन्न स्थानीय तथा विदेशी दाता संस्थाहरुबाट प्राप्त भएको पनि आइतबार सो मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । यहाँ वर्षदिन अघिदेखि तालिबानहरुले शासन सत्ता आफ्ना हातमा लिएपछि मानिसहरुलाई न्युनतम आवश्यकताको पनि समस्या पर्दै आएको छ ।
यसैकारण अफगानिस्तानका नागरिकलाई विभिन्न विदेशी राष्ट्र तथा दाता संस्थाहरुले पनि सहयोग गर्दै  आएका छन् ।यस देशको ३ करोड ५० जनसङख्यामध्ये कम्तीमा पनि २ करोड २० लाख मिलियनलाई खाद्यान्नको समस्या अहिले पनि देखिएको छ । त्यसैले विभिन्न दाता संस्था तथा राष्ट्रहरुले यहाँका नागरिकलाई खाद्यान्न लगायतको अति आवश्यकताका सामग्रीहरु सहयोग गर्दै आएका छन् ।–रासस/सिन्हवा
 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार