असाम र मेघालयमा बाढी पहिरोमा परेर कम्तीमा ३१ जनाको मृत्यु

शनिबार, असार ४, २०७९
Global Ime Bank

असाम । असाम र मेघालयमा वर्षापछिको बाढी पहिरोमा परेर ३१ जनाको मृत्यु भएको छ । आसामका २८ जिल्लाका कम्तीमा १९ लाख मानिस बाढीबाट प्रभावित भएका छन् । बाढीबाट  बजाली जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । ब्रह्मपुत्र र गौराङ्गा नदीमा पानीको सतह धेरै क्षेत्रमा खतराको स्तरभन्दा माथि बगिरहेको अधिकारीहरूले बताएका छन् । 
असममा पछिल्लो दुई दिनमा आएको बाढीका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । मेघालय प्रशासनले पछिल्लो २ दिनमा १९ जनाको मृत्यु भएको जनाएको छ । बाढी प्रभावित जिल्लाका प्रशासनले सतर्कता जारी गर्दै मानिसहरूलाई अत्यावश्यक वा आपतकालिन अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।–एजेन्सी

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार