परवेज मुशर्रफलाई पाकिस्तान फर्काउने तयारी 

शनिबार, असार ४, २०७९
Global Ime Bank

इस्लामाबाद । पाकिस्तानका पूर्वसैन्य नेता परवेज मुशर्रफलाई पाकिस्तान फर्काउने तयारी भइरहेको छ । सन् २०१६ देखि दुबई निर्वासनमा रहेका मुशर्रफको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ । 
स्रोतका अनुसार मुशर्रफलाई  एयर एम्बुलेन्समार्फत पाकिस्तान फर्काउने तयारी भइरहेको छ ।  जियो न्युजका अनुसार उनलाई स्वदेश ल्याएर नै थप उपचार गर्ने तयारी भइरहेको छ । परिवारले मुसरफलाई पाकिस्तान ल्याउने निर्णय गरिसकेको छ । 
पूर्वराष्ट्रपति  मुशर्रफ विगत ६ वर्षदेखि उपचारका लागि दुबईमा छन् । मुशर्रफको स्वास्थ्यमा समस्या आएको खबर सार्वजनिक भएपछि गठबन्धन सरकारको प्रमुख घटक पाकिस्तान मुस्लिम लिग–नवाज ९पीएमएल–एन० र सैन्य नेतृत्वले पूर्वराष्ट्रपतिलाई स्वदेश फर्कन चाहेको खण्डमा स्वदेश ल्याउनुपर्ने बताएको थियो ।
पीएमएल–एन प्रमुख नवाज सरिफले गत साता गठबन्धन सरकारलाई मुशर्रफलाई पाकिस्तान फर्कन चाहेको खण्डमा सहजीकरण गर्न आग्रह गरेका थिए । –एजेन्सी
 

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार