दुई महिनाको अवधिमा बेलायती प्रधानमन्त्रीको दोस्रो युक्रेन भ्रमण

शनिबार, असार ४, २०७९
Global Ime Bank

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका छन् । प्रधानमन्त्री जोनसनको दुई महिनाको अवधिमा यो दोस्रो भ्रमण हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनप्रति बेलायती समर्थनको प्रशंसा गरेका छन् । जोनसनको भ्रमणले युक्रेनका लागि बेलायतको समर्थन दृढ छ भनेर प्रमाणित गरेको जेलेन्स्कीले बताए । ‘हाम्रो देशका महान् मित्र बोरिस जोनसनलाई फेरि किभमा  देख्न पाउँदा खुसी लाग्यो’, उनले भने ।

राष्ट्रपति भोलोदिमिर फेरि किभमा आउनु राम्रो छ’ जोनसनले आफ्नो आधिकारिक ट्विटर खातामा लेखे । 

रुसी आक्रमणको झण्डै चार महिनापछि युरोपेली संघका सबैभन्दा शक्तिशाली राष्ट्र प्रमुखहरूले युरोपेली संघको सदस्यताका लागि युक्रेनको प्रयासलाई स्वीकार गरेको भोलिपल्ट प्रधानमन्त्री जोनसनले भ्रमण गरेका हुन् ।

राजधानीको उपनगरबाट रुसी सेनालाई फिर्ता गरेको दुई हप्तापछि अप्रिल ९ मा कीभ भ्रमण गर्ने जोनसन जी ७ देशको पहिलो नेता हुन् ।–एजेन्सी
 

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार