तस्करी गरेको अभियोगमा अमेरिकी शिक्षकलाई रुसमा १४ वर्ष जेल 

शनिबार, असार ४, २०७९
Global Ime Bank

मस्को । एक रुसी अदालतले एक अमेरिकी पूर्वकूटनीतिज्ञलाई ‘ठूलो मात्रामा’ भांग तस्करी गरेको अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको छ । मार्क फोगेलले यसअघि मस्कोस्थित अमेरिकी दूतावासमा काम गरेका थिए । तर, उनी पक्राउ पर्दा अंग्रेजी शिक्षकको रूपमा कार्यरत थिए । फोगेललाई अमेरिकी बास्केटबल स्टार ब्रिटनी ग्रिनरविरुद्ध गाँजासम्बन्धी मुद्दाको सुनुवाइ भइरहेको क्षेत्राधिकारमा सजाय सुनाइएको थियो । 

अमेरिकाका धेरै भागहरूमा भांगलाई कानुनी मान्यता दिइएको छ । तर, रूसमा अवैध मानिन्छ । ‘अमेरिकी नागरिक फोगेल दोषी पाइयो’, मस्को उपनगर खिम्कीको एउटा अदालतले एक विज्ञप्तिमा भन्यो ।
 
अंग्रेजी शिक्षकले व्यावसायिक उद्देश्यबिना लागूपदार्थको ठूलो मात्रामा अवैध भण्डारणको अतिरिक्त ठूलो मात्रामा लागूपदार्थको तस्करी गरेको विज्ञप्तिमा भनिएको छ ।–एजेन्सी
 

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार