दोस्रो विश्वयुद्ध पछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

शनिबार, असार ४, २०७९
Global Ime Bank

न्यूयोर्क । विश्वभर विस्थापित बालबालिकाको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय निकाय, संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाको सङ्ख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ ।
यो सङ्ख्या गतवर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि राष्ट्रसङ्घीय अधिकारीहरूले शुक्रबार जनाएका छन् ।
विषेश गरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको पनि अध्ययनले देखाएको छ ।   
“दोस्रो विश्वयुद्ध पछि एकै पटकमा यति धेरै बालबालिका विस्थापित भएको अहिले पहिलो पटक हो,” युनिसेफद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
अघिल्लो वर्षको तुलनामा विस्थापितको सङ्ख्या २२ लाख बढी देखिएको छ । विषेश गरेर हिंसात्मक घटनाहरूका कारण बालबालिका धेरै विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ ।  
जलवायु परिवर्तन र वातावरणीय समस्या पनि बालबालिका विस्थापित हुनुको अर्को मुख्य कारण भएको जनाइएको छ ।
जलवायु परिवर्तन र वातावरणीय समस्याका कारण बाढी पहिरो आउने र त्यसका कारण उनीहरू विस्थापित हुनुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी रूस—युक्रेन युद्धको असर विश्वभरी परेको र त्यसको असर बालबालिकामा परेको पनि युनिसेफले जनाएको छ ।
सोमालियामा खाद्यान्न अभाव भएका क्षेत्रमा राष्ट्रसङ्घीय एजेन्सीद्धारा उद्धार सुरु

सोमालियमा केही समयदेखि खडेरी र आन्तरिक द्वन्द्वका कारण उत्पन्न भएको खाद्यान्नको अभावको समस्या समाधानका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले एक न्यूनतम सहयोग कार्यक्रम सुरु गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरु विश्व खाद्य कार्यक्रम, युनिसेफ इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन, आइओएम र यी एजेन्सीहरुका सहयोगी दाता निकायहरु समेतको सहभागितामा यो न्यूनतम सहयोग तथा उद्धार कार्यक्रम सुरु गरिएको बताइएको छ ।
विश्व खाद्य कार्यक्रमका निर्देशक अल खिदर दालोमले यहाँका नागरिकमा खडेरीका कारण ठूलो समस्यामा परेका, भोकमरीका कारण उनीहरु विस्थापित भएका भन्दै मानवीय सहायता स्वरुप यो कार्यक्रम सुरु गरिएको जानकारी दिए । उनले यहाँका लाखौँ नागरिक खडेरीबाट प्रभावित भएर भोकमरीमा परेका र दशौँहजार जना बालबालिका कुपोषणको शिकार हुन पुगेका भन्दै तत्कालका लागि यो सहायता कार्यक्रमले करिब एक लाख नागरिकलाई सहायता पुग्ने अपेक्षा गरिएको बताए ।
संयुक्त राष्ट्रसङ्घीय एक अध्ययनले दिएको जानकारीअनुसार यहाँका नागरिक खडेरीको मारमा परेपछि सन् २०२१ देखि विस्थापित हुन थालेका र अहिले सम्म कम्तीमा पनि ८ लाख नागरिक विस्थापित भइसकेका देखाएको छ ।– रासस÷सिन्ह्वा– रासस/एएनआई

 

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  ०७:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार