खार्किभमा प्रतिबन्धित हतियार प्रयोग

सोमबार, जेठ ३०, २०७९
Global Ime Bank

किभ–रुसले उत्तर–पूर्वी युक्रेनी सहर खार्किभमा अन्धाधुन्ध गोलाबारी गर्नुका साथै व्यापक रूपमा प्रतिबन्धित हतियार प्रयोग गरेर सयौं सर्वसाधारणको हत्या गरेको खुलासा भएको छ । एम्नेस्टी इन्टरनेसनलले सो जानकारी दिएको हो । 

रुसी फौजले बारम्बार ९एन२१० र ९एन२३५ क्लस्टर बम र अन्य ससाना हतियारहरू प्रयोग गरेको प्रमाण भेटिएको एम्नेस्टीले जनाएको हो । फेला परेका बमको असर विवादास्पद हतियारहरूसँग मिल्दोजुल्दो रहेको बीबीसीले जनाएको छ । 

क्लस्टर हतियारहरू विवादास्पद छन् किनकी तिनीहरू हावामा विस्फोट हुन्छन र साना बमहरूको समूह छोड्छन्, जुन अन्धाधुन्ध फराकिलो क्षेत्रमा खस्छ । यसले सम्भावित रूपमा नागरिकहरूलाई जोखिममा राख्छ ।

साना बमहरू वर्षैसम्म जोखिममा रहने बताइन्छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार