सोसल मिडिया
Contact Us
युनिकोड
मारिउपोल (युक्रेन) । पूर्वी युक्रेनमा रहेका रूस समर्थक समूहका नेताले आइतबार युक्रेनी सेनालाई सहयोग गर्न पुगेका दुई जना बेलायती र मोरोक्कोका एक व्यक्तिलाई दिइने भनिएको मृत्युदण्डको सजायमा कुनै फेरबदल नहुने बताएका छन् । “तिनीहरू पैसाका लागि सर्वसाधारणलाई मार्न युक्रेन आए । त्यसैले सजायको कुनै पनि कमी वा परिमार्जनका लागि म कुनै सर्त देख्दिन,” उनीहरूलाई मुद्दा लगाउने पृथकतावादी डोनेट्स्क क्षेत्रका नेता डेनिस पुशिलिनले सञ्चारकर्मीसँग बताए । पुशिलिनले भने, “अदालतले तीन जना लडाकूलाई ‘पूर्ण न्यायोचित सजाय’ को घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई उनीहरूको भाग्यलाई बेवास्ता गरेको र पृथकतावादी अधिकारीहरूसँग सम्पर्क गर्न नसकेको आरोप पनि उनले लगाए । मे महिनामा रूसी र पृथकवादी फौजद्वारा कब्जा गरिएको युद्धग्रस्त युक्रेनी सहरमा रूसी रक्षा मन्त्रालयद्वारा आयोजित यात्राको भागको रूपमा टुक्रने क्षेत्रको राजधानी मारिउपोलमा पुगेका एएफपी संवाददाताले सजायबारे फेरबदल नगर्ने युक्रेनी पृथकतावादी नेताको धारणा रहेको पुष्टि गरेका हुन् । शनिबार बेलायती प्रधानमन्त्री जोन्सनका प्रवक्ताले बेलायतीहरू एडेन अस्लिन र शाउन पिनर र मोरोक्को ब्राहिम साडुनलाई सुनाइएको मृत्युदण्डको फैसलाले आफूलाई ‘आश्चर्य’ मा पारेको बताएका थिए ।
प्रवक्ताले भने, “यो कुरा स्पष्ट छ कि तिनीहरू युक्रेनी सशस्त्र फौजका सदस्यहरू थिए र त्यसकारण तिनीहरू युद्धका कैदी हुन् । डोनेट्स्कका पृथकवादी अधिकारीहरूले उनीहरूलाई आरोप लगाए झै उनीहरू पैसाका लागि त्यहाँ गएका होइनन् ।” अस्लिन र पीनरका परिवारका अनुसार यी दुई पुरुष सन् २०१८ देखि यस युक्रेनमा बसोबास गर्दै आएका हुन् । शुक्रबार संयुक्त राष्ट्रसङ्घले रूसी समर्थक विद्रोहीहरूले कैदीहरूविरुद्ध मृत्युदण्ड सुनाएकोमा चिन्ता व्यक्त गरको थियो ।– रासस/एएफपी