सोसल मिडिया
Contact Us
युनिकोड
किभ । बृटिश रक्षामन्त्रीले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताएका छन् । बेलायती रक्षामन्त्री बेन वालेसले शनिबार सो प्रतिबद्धता सार्वजनिक गर्नुभएको विभिन्न विदेशी सञ्चारमाध्यमले जनाएका छन् । हाल बेलायतको भ्रमणमा रहेका युक्रेनका रक्षामन्त्रीसँगको भेटघाटपछि बृटिश रक्षामन्त्री वालेसले सो कुराको जानकारी दिएका हुन् । शनिबार उनीहरुबीच भएको भेटकाक्रममा हालैका दिनमा युक्रेनको अवस्थाको बारेमा युक्रेनी रक्षामन्त्रीले जानकारी गराएका थिए । अहिले पनि युक्रेनलाई बेलायतले सैन्य सहयोग दिइरहेको र यसलाई आगामी दनमा थप गरिने बृटिश रक्षामन्त्री वालेसले जानकारी दिएका छन् । अहिले पनि युक्रेनमा रुसको हमला जारी नै रहेको भन्दै युक्रेनका रक्षामन्त्री ओलेक्सी रेनिकोभले रुससँग संघर्ष गर्नका लागि थप शक्तिशाली हतियार आवश्यक रहेको सो भेटमा बताएका थिए । युक्रेनी रक्षमन्त्रीको यो आग्रहपछि बृटिश रक्षामन्त्री वालेसको यो प्रतिक्रिया आएको हो । गत महिना मात्र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका थिए । त्यस भ्रमणका क्रममा बृटिश प्रधानमन्त्री जोनसनले बेलायतले युक्रेनका लागि १.६ बिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका थिए ।
पश्चिमी युक्रेनमा रुसी आक्रमण जारी, २२ घाइते
रुसले युक्रेनी सहर चोरटकिभमा आक्रमण गर्दा कम्तीमा २२ घाइते भएका क्षेत्रीय गभर्नरले आइतबार जनाउनुभएको छ । देशको पश्चिममा पर्ने क्षेत्रमा कम मात्र आक्रमण भएको जनाइएको छ । ‘हिजो स्थानीय समयानुसार साँझ १९ः४६ मा चारवटा क्षेप्यास्त्र प्रहार भएको थियो । ती सबै ब्ल्याक सीबाट प्रहार गरिएको भोलोडिमिर ट्रसले फेसबुक जानकारी दिएको छ’ । सबै घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।–रासस/एएफपी