रुसी राष्ट्रपति पुटिनद्वारा इसीएचआर निर्णयको पालना नगर्ने कानूनमा हस्ताक्षर 

आइतबार, जेठ २९, २०७९
Global Ime Bank

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले मानवअधिकारको युरोपेली अदालत (इसीएचआर)को निर्णयको पालना नगर्ने कानूनमा हस्ताक्षर गरेको क्रेमलिनले शनिबार जनाएको छ । कानूनअनुसार रूसले युरोपेली काउन्सिलबाट बाहिरिने घोषणा गर्दा मार्च १५ पछि अपनाइएको इसीएचआर नियमहरू पालना गर्नेछैन । साथै, ईसीएचआरद्वारा मूल्याङ्कन गरिएको क्षतिपूर्ति रूबलमा मात्र बनाइनेछ र रूसी बैंकहरूका खातामा मात्र हस्तान्तरण गरिनेछ । उक्त विधेयक फेडरेशन काउन्सिल वा रुसी संसद्को माथिल्लो सदनले बुधबार स्वीकृत गरेको हो ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार