सोसल मिडिया
Contact Us
युनिकोड
मनिला (फिलिपिन्स) । फिलिपिन्सका रक्षामन्त्री लोरेन्जाना आइतबार बिहान स्वतन्त्रता दिवस समारोहमा उपस्थित हुने क्रममा बेहोस भएको सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रिय रक्षा विभागले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दै उनको स्वास्थ्य “स्थिर अवस्थामा” रहेको बताएको छ । लोरेन्जानाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “अहिले म ठीक छु । यसअघि गरिएको परीक्षणको नतिजा ठीक भएकोले आराम गरिरहेको छु ।” “भर्खरैको लगातार अन्तरराष्ट्रिय सुरक्षा संलग्नताबाट आएको थकानले मलाई असर गरेको हुन सक्छ । आज बिहान तापक्रम चर्को थियो,” लोरेन्जानाले भने । रक्षा प्रवक्ता आर्सेनियो एन्डोलोङका अनुसार लोरेन्जाना अहिले आराम गरिरहेका छन् र आज बिहान रिजाल पार्कमा स्वतन्त्रता दिवसको झण्डा फहराउने समारोहमा बेहोस भएपछि आराम गर्न सल्लाह दिइएको छ । लोरेन्जाना १९औँ साङ्ग्रिला संवादमा सहभागी भई आफ्ना विदेशी समकक्षीसँग भेट गरी आइतबार बिहान सिङ्गापुरबाट आइपुगेको समाचार एजेन्सीले जनाएको छ । उनी मनिलामा अवतरणपछि सिधै समारोहमा गएका थिए ।–रासस/एएनआई