उत्तर अफगानिस्तानमा प्रमुख आतङ्ककारीसहित आठको मृत्यु

आइतबार, जेठ २९, २०७९
Global Ime Bank

काबुल । उत्तरी तखार प्रान्तमा विद्रोहीका एक प्रमुख कमाण्डरसहित आठ विद्रोहीको मृत्यु भएको पुष्टि भएको तालिवान नियन्त्रित प्रशासनका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले उल्लेख गरेका छन् । “तखारको प्रान्तीय राजधानी तालुकान शहरको पुलिस चार जिल्लामा गुप्तचर महानिर्देशनालयको विशेष अपरेसनको क्रममा, प्रमुख कमाण्डर युनुस उजबेकिस्तानीसहित आठ विद्रोही मारिएको र उनीहरू लुकेको ठाउँ शनिबार नष्ट गरिएको मुजाहिदले ट्वीट गरेका छन् । यसैबीच, प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल मुबिन साफीले घटनाको पुष्टि गर्दै शनिबार दिउँसो तालुकान शहरमा भएको कारबाहीमा आठ सशस्त्र विपक्षी मारिएको र तीन जना घाइते भएको बताएका छन् ।
यद्यपि अधिकारीले सुरक्षाकर्मीको हताहती भए नभएको बारे भने केही बताएनन् । स्थानीयवासीका अनुसार यस कारबाहीमा सुरक्षाकर्मीलाई पनि क्षति पुगेको थियो तर सरकारी सेनाको सम्भावित क्षतिबारे अधिकारीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार