अमेरिकी राष्ट्रपति बाइडेनको भ्रमण अघि प्यालेस्टाइनी राष्ट्रपतिले वरिष्ठ अमेरिकी अधिकारी भेट्दै

आइतबार, जेठ २९, २०७९
Global Ime Bank

रमल्लाह (प्यालेस्टाइन) । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेनको अपेक्षित भ्रमण अघि वेस्ट बैंकको रामल्लाह शहरमा भ्रमणरत अमेरिकी वरिष्ठ कूटनीतिज्ञसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा अब्बासले निकट पूर्वीमामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री बारबरा लीफ र इजरायली र प्यालेस्टाइन मामिलाका लागि उपसहायक सचिव हेडी अमरलाई प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ)लाई आतङ्कवादको सूचीबाट हटाउँन र अमेरिकी वाणिज्य दूतावास पुनःखोल्न आग्रह गरेको बताइएको छ । 
अब्बासले पीएलओ पूर्णशान्ति साझेदार हो र अमेरिकाले इजरायलसँग प्रायोजित शान्ति सम्झौताको एक शृङ्खलामा हस्ताक्षर गरेको बताएकोप्यालेस्टिनी समाचार एजेन्सी वाफाले रिपोर्ट गरेको छ ।
अब्बासले अमेरिकी पक्षलाई वाशिङ्गटनमा पीएलओका बन्द कार्यालय पुनःखोल्नका लागि काम गर्न आग्रह गर्दै पीएलओ “शान्ति प्रक्रिया र सबै एकपक्षीय कार्य रोक्न प्रतिबद्ध छ ।” भनेका छन् ।
वाफाका अनुसार, कूटनीतिज्ञलीफले संयुक्त राज्य अमेरिका दुई–राज्य समाधानको लागि प्रतिबद्ध रहेको र उनको प्रतिनिधिमण्डलको मिशन “अब्बासलाई भेट्न चाहने राष्ट्रपति जो बाइडेनको भ्रमणको लागि तयारी गर्नु हो” भनेको  उल्लेख गरिएको छ ।
अमेरिकी प्रशासन उपयुक्त वातावरण सृजना गर्न र प्यालेस्टिनी र यस क्षेत्रका सबै मानिसलाई आशा दिन उत्सुक रहेको भनी लीफले बताएको समाचार एजेन्सीले जनाएको छ ।– रासस/एएनआई/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार