राष्ट्रिय सभा सदस्य चयनका लागि भारतका चार राज्यमा मतदान

शनिबार, जेठ २८, २०७९
Global Ime Bank

नयाँ दिल्ली । भारतको राष्ट्रिय सभा सदस्य चयनका लागि चार राज्यमा शुक्रबार मतदान भएको छ । निर्वाचन आयोगले भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान र हरियाणा राज्यमा शुक्रबार भएको निर्वाचनबाट राष्ट्रिय सभाका लागि १६ जना निर्वाचित हुने जनाएको छ । स्थानीय समयअनुसार बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको थियो । यसअघि भारतको उत्तर प्रदेश, तमिल नाडु, आन्द्र प्रदेश, विहार, उडिसा, मध्य प्रदेश, पञ्जाव, छत्तिसगढ, उत्तराखण्ड, झारखण्ड र तेलङ्गनाबाट भने हालै ५७ जना निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । अहिलेको निर्वाचनमा राष्ट्रिय चर्चित नेताहरू पनि प्रतिस्पर्धामा हुनुहुन्छ । सङ्घीय मन्त्रीद्वय पियुष गोयल र निर्मला सीतारमण, कांग्रेस नेता जयराम रमेश, राणदीप सुर्जेवाल र मुकुल वास्निकको भाग्यको फैसला निर्वाचन परिणामले गर्नेछ ।– रासस/एएनआई
   

 

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  ०६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार