सुर्खेत जिससमा एमाले-माओवादी गठबन्धन विजयी

शुक्रबार, जेठ २७, २०७९

सुर्खेत, २७ जेठ । जिल्ला समन्वय समिति सुर्खेतमा एमाले र माओवादी केन्द्र गठबन्धन विजयी भएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाल विजयी भएका हुन् । शुक्रबार भएको निर्वाचनमा १० मतसहित एमाले र माओवादी गठबन्धन प्यानल विजयी भएको छ । गठबन्धनका उम्मेदवारले १० मत पाउँदा कांग्रेसका उम्मेदवारले आठ मत पाएको मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले बताए । 

महिला सदस्यमा चन्द्रा धामी (एमाले), शान्ति ताराम (माओवादी) र मीना मल्ल (एमाले) तथा अन्य सदस्यमा तुलबहादुर नेपाली (माओवादी), डिल्ली पाण्डे (एमाले) र पृथ्वीबहादुर बुढा (एमाले) तथा अल्पसंख्यकमा सावित्रा टमटा(एमाले) विजयी भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार