श्रीलंकामा राष्ट्रपतिका भाइले दिए संसद् सदस्यबाट राजीनामा

बिहीबार, जेठ २६, २०७९

कोलम्बो ।  श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइ तथा पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले संसद् सदस्यबाट राजीनामा दिएका छन् । देशमा आर्थिक संकटबीच उनले पदबाट राजीनामा दिएका हुन् ।‘आजबाट म कुनै पनि सरकारी गतिविधिमा संलग्न हुनेछैन्, तर राजनीतिबाट भने टाढा हुन्न’, राजापाक्षेले पत्रकारहरूलाई भने । आर्थिक संकटको विरोधमा लामो समयदेखि चलेको सरकारविराधी प्रदर्शनबीच गत महिना राष्ट्रपति गोटाबाया राजापाक्षेका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । 

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार