काठमाडौँ महानगरको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित

मंगलबार, जेठ २४, २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित भएका छन् । आज राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनबाट उनीहरु निर्वाचित भएका थिए ।
नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा (एकीकृत समाजवादी) की मैयाँलक्ष्मी महर्जन निर्वाचित भएकी छन् । दलित वा अल्पसङ्ख्यकतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विनोद अछामी र महेश नेपाली तथा नेकपा (माओवादी केन्द्र) का अनिता कार्की ढोली निर्वाचित भएकी छन् ।  
निर्वाचन कार्यक्रमअन्तर्गत आज नै मतदान गरिएको थियो । गएको वैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डङ्गोलसहित १६० जना सबै सदस्यले मतदान गरेका थिए ।
प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकाले प्रमुख उपप्रमुखसहित मतदाताको सङ्ख्या १६० भएको हो । निर्वाचन परिणामपछि महानगरको कार्यपालिका सदस्य सङ्ख्या ४२ भएको छ । यसमा प्रमुख र उपप्रमुख, ३२ जना वडाध्यक्ष र आठ जना कार्यपालिका सदस्य हुन् ।
निर्वाचनपछि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचन परिणाम सार्वजनिक गर्नुभएको थियो । निर्वाचित जनप्रतिनिधिलाई भोलि दिउँसो १ बजे प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।
 
जुम्लाको जिसस प्रमुखमा आचार्य र उपप्रमुखमा थकाली निर्विरोध

जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा गौरीनन्द आचार्य र उपप्रमुखमा जनक थकाली निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गौरीनन्द आचार्य र नेकपा एकिकृत समाजवादीका जनक थकाली सहितको टिमको मात्रै मनोेनयन दर्ता भएपछि निर्विरोध निर्वाचित भएका हुन् ।

DDC-Jumla-Gauri-and-Janak-1654619290.jpg

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांगेसका तर्फबाट प्रमुख पदमा गौरीनन्द आचार्य र नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) बाट उपप्रमुख पदमा थकालीको मात्रै मनोनयन दर्ता भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नौ सदस्यीय जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको तर्फवाट प्रमुख सहित सात जना र नेकपा एकिकृत समाजवादीको तर्फबाट उपप्रमुख सहित २ जनाको मात्रै मनोनयन दर्ता भएको हो । जिल्ला समन्वय समितिको निर्वाचनमा जुम्लामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।
नवनिर्वाचित जिल्ला समन्वय प्रमुख चन्दननाथ नगरपालिका १ बाट खुला सदस्यमा निर्वाचित भएका थिए । आचार्य नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । उपप्रमुखमा मनोनयन दर्ता गराएका एकीकृत समाजवादीका थकाली गुठीचौर गाउँपालिका अध्यक्षमा पराजित भएका  थिए  । थकालीले कार्यपालिका सदस्यमा निर्वाचित भएर उपप्रमुखमा मनोनयन दर्ता गराएका थिए  ।
त्यस्तै नेपाली कांग्रेसबाट अन्य सदस्यमा गंगादेवी रोकाया, धनसुर बुढा, एकीकृत समाजवादीका पदमबहादुर रावतले मनोनयन गरेका छन । यसैगरी महिला सदस्यमा खिमा लक्ष्मी काफ्ले, रचा रावत, लग्नमाया भण्डारी बुढाको मनोनयन दर्ता भएको छ ।  यसैगरी नेपाली कांग्रेसका नरविर सुनार दलित तथा अल्पसंख्याक सदस्य मनोनयन भएका छन् ।
जुम्लामा ८ वटा स्थानीय तह छन् । यस पटकको निर्वाचनमा कांग्रेसले ५ पालिकामा अध्यक्ष सहित २ उपाध्यक्ष र चन्दननाथमा नगरउपप्रमुख जितेको थियो । माओवादी केन्द्रले सिंजा, तिलामा अध्यक्ष उपाध्यक्ष  र तातोपानी र पातारासी गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । एकीकृत समाजवादीले गोठीचौर गाउँपालिकामा उपाध्यक्ष जितेको हो ।  
चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवारले नगर उपप्रमुख जितको थियो । कुल १६ मतदातामध्ये ८ कांग्रेस, ६ माओवादी केन्द्र, १ समाजवादी र १ स्वतन्त्र छन् । समाजवादी र नेपाली कांग्रेसको गठवन्धन भएपछि माओवादीको उम्मेदवार मनोनयन भएको छैन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  २२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार