बंगलादेशमा कन्टेनर डिपोमा भीषण आगलागीः ५ जनाको मृत्यु, दर्जनौँ घाइते

आइतबार, जेठ २२, २०७९
Global Ime Bank

ढाका । बंगलादेशको दक्षणिपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको  भीषण आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै करबि १०० जना घाइते भएका अधकिारीहरूले आइतबार बताएका छन् । 
आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको अग्नि सेवाका अधिकारी जलाल अहमदले भने । 
आगो निभाउन अग्नि नियन्त्रक युनिट आगो निभाउन डिपोमा पुगेका थिए । आगलागीकै क्रममा ठूलो विस्फोट हुँदा अग्निनियन्त्रकसहित दर्जनौँ घाइते भएका थिए । चटगाउँका प्रमुख चिकित्सक इलियास चौधरीले आगलागीमा कम्तीमा ५ जनाको मृत्यु भएको र करिब १०० जना घाइते भएको बताए । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर छ । एजेन्सी

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार