द्वन्द्वका बीच १ करोड ४० लाख युक्रेनीहरू घर छाडेर भागे : संयुक्त राष्ट्र

शनिबार, जेठ २१, २०७९
Global Ime Bank

कीभ । संयुक्त राष्ट्रसंघले रुस-युक्रेन द्वन्द्वका कारण झण्डै १ करोड ४० लाख युक्रेनीहरू आफ्नो घर छाड्न बाध्य भएको अनुमान गरेको छ ।  सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले शनिबार सो आकँडा सार्वजनिक गरेको हो । युक्रेनका लागि सहायक महासचिव र संयुक्त राष्ट्र सङ्घीय सङ्कट संयोजक अमिन अवादको विज्ञप्तिअनुसार विस्थापित हुनेहरूमा अधिकांश महिला र बालबालिका रहेका छन्।
द्वन्द्वले  १ करोड  ५७ लाख युक्रेनीहरूलाई मानवीय सहयोगको खाँचो परेको छ जसमध्ये केही पानी र बिजुलीको पहुँचको  समेत अभावमा छन् । गत फेब्रुअरी २४ मा द्वन्द्व शुरु भएदेखि संयुक्त राष्ट्रसंघले देशको पूर्वमा घेरा हालेका शहरहरू सहित युक्रेनभरि लगभग ८ लाख मानिसहरूलाई तत्काल मानवीय सहायता उपलब्ध गराएको  संयुक्त राष्ट्रका अधिकारीले  बताएका छन् । संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सङ्कट जाडो याममा अझ चर्किने चेतावनी दिएको छ ।

युक्रेन द्वन्द्वपछिको पुनः निर्माणको पहिलो चरण शुरु

युक्रेनी प्रधानमन्त्री डेनिस श्म्याहलले शुक्रबार देशले द्वन्द्वपछिको पुनःनिर्माणको पहिलो चरण शुरु गरेको बताएका छन् । पुनः निर्माणको पहिलो चरणमा, युक्रेनी अधिकारीहरूले रुस-युक्रेन द्वन्द्वबाट भएको क्षतिको मूल्याङ्कन गर्ने, पुनर्निर्माण परियोजनाहरूको लागि प्राविधिक कागजातहरू तयार गर्ने र महत्त्वपूर्ण सुविधाहरूको मर्मत सम्भार गर्ने बताइएको छ ।  
'सरकारको काम शरद ऋतुमा अधिकांश क्षतिग्रस्त महत्त्वपूर्ण सुविधाहरू पुनर्स्थापित गर्ने हो', उनले भने । युक्रेनको राज्य सडक एजेन्सी युक्राभतोडोरले युक्रेनमा द्वन्द्वका कारण करिब ३ सय पुल र २४ हजार किलोमिटर सडक ध्वस्त भएको बताएको छ ।रासस/सिन्ह्वा

 

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार