चेक गणतन्त्रको हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु, ५० घाइते

बिहीबार, जेठ १९, २०७९
Global Ime Bank

प्राग । प्राग नजिकैको अल्जाइमर रोगीहरूको हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु हुनाका साथै ५० भन्दाबढी घाइते भएको आपतकालीन सेवाहरूले बिहीबार  उल्लेख गरेका छन् ।
क्षेत्रीय आपतकालीन सेवाले ट्विटरमा उल्लेख गरेअनुसार उक्त घटनामा अग्निनियन्त्रकहरूले दुई व्यक्तिलाई मृत अवस्थामा फेला पारेका थिए भने अन्य ५० भन्दाबढी घाइते थिए ।
बुधबार आगलागी भएको उक्त क्षेत्रमा बिहीबार बिहानसम्म पनि दमकलहरू परिचालित थिए । आगो निभाउन र घरमा रहेका मान्छेलाई बाहिर निकाल्न करिब १०० अग्नि नियन्त्रक खटाइएको थियो ।

दक्षिण कोरियामा तेस्रो दिन पनि डढेलो नियन्त्रणमा आउँन सकेन 

दर्जनौं हेलिकप्टरको सहयोगमा आगो निभाउने अनवरत प्रयासका बाबजुद पनि यहाँ बिहीबार तेस्रो दिनसम्म डढेलो नियन्त्रणमा ल्याउँन नसकिएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
राजधानी सियोलबाट करिब २८० किलोमिटर दक्षिणपूर्वमा रहेको मिर्याङको पहाडबाट मङ्गलबार बिहान शुरु भएको आगो तीव्र हावा र सुख्खा पतझरका कारण नजिकैको जङ्गलमा व्यापकरूपमा फैलिएको थियो । उक्त डढेलो निभाउँन ५३ वटा हेलिकोप्टर र करिब २ हजार ४५० कर्मचारी परिचालन गरिएको छ । यद्पि तीन दिनसम्म आगो नियन्त्रणमा आएको छैन ।
आगलागीबाट करिब ७०० हेक्टर जमिन प्रभावित भएको छ । कुनै मानवीय र भौतिक क्षतिको  यक्किन विवरण भने अहिलेसम्म बाहिर आएको छैन ।–रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १९:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार