सोसल मिडिया
Contact Us
युनिकोड
छन्दु (चीन) । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६.१ म्याग्नीच्युडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् । बिहीबार बिहान ०९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४ र लुसान काउन्टीमा ११ जना घाइते भएका एक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । तीमध्ये एकको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका दुईजनाको अवस्था अहिले स्थिर छ । अन्य ३८ सामान्य घाइते भएका छन् भने तत्काल कुनै खतरा छैन । भूकम्पबाट याआनमा जम्मा १३ हजार ८१ जना प्रभावित भएका छन् । उक्त भूकम्पको केन्द्रबिन्दु १७ किलोमिटर गहिराईमा ३०.४ डिग्री उत्तर अक्षांश र १०२.९ डिग्री पूर्वीदेशान्तरमा अनुगमन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।– रासस/सिन्ह्वा