सोसल मिडिया
Contact Us
युनिकोड
संयुक्त राष्ट्रसङ्घ । रुस र युक्रेनका बीचमा जारी रहेको द्वन्द्वका कारण विश्वमा नै खाद्यान्न अभावको समस्या उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घले केही समयदेखि नै विश्वमा खाद्यान्नको अभाव रहेको भन्दै अहिले रुस र युक्रेनको द्वन्द्वले गर्दा यो समस्या झन् बढ्न सक्ने जनाएको हो । द्वन्द्वका कारण सो क्षेत्रमा र त्यहाँ मात्र नभएर खाद्य असुरक्षाको अवस्था विभिन्न देश हँुदै संसारभर फैलिन पनि सक्ने चेतावनी संयुक्त राष्ट्रसङ्घले दिएको हो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले बुधबार स्टकहोल्ममा सो कुरा बताएका थिए । महासचिव गुटर्रेसले बुधबार नै स्वीडेनका प्रधानमन्त्री माग्दालेना एन्डर्सनसँग भेटवार्ता गरेका थिए । त्यस भेटका क्रममा उनले विश्वमा बढ्दो खाद्य असुरक्षाका बारेमा कुराकानी पनि गरेका थिए । त्यसक्रममा उनले रुस–युक्रेन द्वन्द्वका साथै महामारीपछिको युरोपका बारेमा कुराकानी पनि गरेका थिए ।
अफ्रिकी सङ्घका प्रमुख र राष्ट्रपति पुटिनबीच वार्ता हुँदै
अफ्रिकी सङ्घका प्रमुख एवं सेनेगलका राष्ट्रपति म्याकी सालले शुक्रबार दक्षिणपश्चिम रुसी शहर सोचीमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने छन कार्यक्रम तय भएको छ । भ्रमणको उद्देश्य अनाज र मलको भण्डार खाली हुँदा अफ्रिकी देशहरूलाई परेको असर घटाउनका साथै वार्तामा युक्रेन द्वन्द्वबाट सृजित समस्यालाई सहजीकरण गर्नु हो । राष्ट्रपति पुटिनको निमन्त्रणापछि यो भ्रमणको आयोजना गरिएको हो । त्यसैगरी अफ्रिकी सङ्घले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबाट भिडियो ठेगाना पनि प्राप्त गर्नेछन् यद्यपि त्यसको कुनै मिति भने तय गरिएको छैन । युक्रेनको युद्धले ईन्धन, अन्न र मलको लागत विश्वभर वृद्धि भएको छ जुन अफ्रिकी राष्ट्रहरूमा तीव्ररूपमा महसुस भइरहेको छ । युक्रेन र रुस दुवै अफ्रिकामा गहुँ र अन्य अन्नको प्रमुख आपूर्तिकर्ता हुन् जबकि रूस मलको प्रमुख उत्पादक हो ।–रासस/सिन्ह्वा