संयुक्त राष्ट्रसङ्घद्वारा टर्कीको नाम बदलेर टर्किए राख्ने अनुरोध अनुमोदन 

बिहीबार, जेठ १९, २०७९
Global Ime Bank

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले बुधबार टर्कीको नाम टर्कीबाट बदलेर टर्किए राख्नको लागि गरेको अनुरोधलाई स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकारलाई  जानकारी दिएका छन् । टर्कीका विदेश मन्त्री मेभलुत काभुसोग्लुबाट राष्ट्रसङ्घ प्रमुखलाई देशको नाम परिवर्तन गर्न अनुरोध गरेको पत्र प्राप्त  भएपछि तुरुन्तै सो निर्णय भएको  प्रवक्ताले उल्लेख गरेका छन् । 
विदेशमन्त्री काभुसोग्लुले अन्तरराष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा बढाउने उद्देश्यका साथ हिज्जेमा परिवर्तन गरिएको बताएका छन् ।

प्रतिरक्षा सम्झौतामा सामेल हुन डेनमार्कमा जनमत सङ्ग्रह

रुस–युक्रेन द्वन्द्वले बढाएको चिन्ताका बीच डेनमार्कले युरोपेली सङ्घ (इयू) रक्षा सम्झौतामा सामेल हुन मतदान गरेको छ । यससँगै सङ्घको साझा सुरक्षा र रक्षा नीतिमा कोपेनहेगन समाहित भएको छ भने त्यसमा सहभागी नहुने ३० वर्ष पुरानो प्रावधान खारेज भएको छ । 
बुधवार भएको जनमत सङ्ग्रहमा डेनमार्कका बहुसङ्ख्यक नागरिकले रक्षा सम्झौताको पक्षमा मतदान गरेका छन् । उक्त कदमका पक्षमा ६६.९ प्रतिशतले मतदान गरेका प्रारम्भिक नतिजाले देखाएको डेनमार्क स्ट्याटिस्टिकले जनाएको छ । अब डेनमार्कलाई सैन्य सहयोग बारे छलफल गर्न इयूमा स्थान प्राप्त भएको छ । हिजोको निर्वाचनमा ४२,६०,९४४ मतदातामध्ये ६५.७६ प्रतिशतले भोट हालेका थिए ।  
युरोप र डेनमार्कको भविष्यका लागि सङ्घको साझा सुरक्षा र रक्षा नीतिमा सहभागी हुनु सही भएको बताउँदै मतदान पछि प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले इयू नीतिमा डेनमार्क विगतमाभन्दा बढी एकजुट हुने विश्वास व्यक्त गरे । 
सङ्घको रक्षा मामिलामा बाहिर नै रहने नीतिका कारण डेनमार्कले सङ्घका सैन्य कारबाहीमा भाग लिन पाएको थिएन भने आफ्नो सैन्य क्षमता विकासमा पनि सहभागी पाएको थिएन । गत मार्चमा डेनमार्कको संसद्ले सङ्घको रक्षासम्बन्धी सम्झौतामा सहभागी हुने÷नहुनेबारोमा जुन १ मा जनमत सङ्ग्रह गर्ने निर्णय गरेको थियो ।– रासस/एएनआई
 

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १९:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार