सोसल मिडिया
Contact Us
युनिकोड
ह्युस्टन । अमेरिकाको ओक्लाहमाको एक अस्पताल परिसरमा फेरि अर्काे गोलीकाण्ड हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार ओक्लाहमाको एक अस्पताल परिसरमा गोली प्रहार भएको थियो । एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । सो गोली प्रहारमा परी तीन व्यक्तिको ज्यान गएको त्यहाँका अधिकारीले जनाएका छन् । सो अस्पतालको नातालि मेडिकल भवनमा निजले गोली चलाएको थियो । सेन्ट फ्रान्सिस् अस्पताल क्याम्पसमा बुधबार गोली चलेको तुल्सा प्रहरी विभागले जनाएको छ । सो विभागका अनुसार गोली चलाउने व्यक्तिको पनि ज्यान गएको छ । केही दिन अघिमात्र पनि अमेरिकाको टेक्सास राज्यको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा परेर २१ ज्नाको ज्यान गएको थियो ।– रासस/सिन्ह्वा