ह्वीलचेयरमा आएका व्यक्तिले मोनालिसाको चित्रमा केक छ्यापेपछि ...

मंगलबार, जेठ १७, २०७९

पेरिस, १७ जेठ। वृद्ध महिलाको भेषमा ह्वीलचेयरमा आएका एक व्यक्तिले पेरिसको लुभ्रमा लियोनार्दो दा भिन्चीको प्रसिद्ध चित्र मोनालिसामा केक प्रहार गरेका छन् । केक प्रहार हुँदा सो चित्रलाई ढाकेको सिसामा लागेको छ । विग र लिपिस्टिक लगाएका ती व्यक्तिले  मानिसहरूलाई ‘पृथ्वीको बारेमा सोच्न’ आग्रह गरेका थिए । सो घटनाइलाई प्रत्यक्षदर्शीहरूले अनौठो भनेका छन् । अमेरिकाबाट म्युजियममा पुगेका लुक सुन्डवर्ग पनि सो घटनाका प्रत्यक्षदर्शीहरूमध्येका एक हुन् । ‘ह्वीलचेयरमा लुगा लगाएकोे एक मानिस एउटी वृद्धाको भेषमा चित्रतर्फ बढेर मुक्का प्रहार गरेर केक फालिदिए’ २० वर्षीय सुन्डवर्गले भने ।

ती मानिसलााई सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिएका थिए । ग्यालेरिमा गुलाफसमेत फालेका ती व्यक्तिलाई प्रहरीले घेरा हालेको थियो । प्रहरी घेराबीच उनले ‘पृथ्वीबारे सोच’ भनेका थिए । 
‘मानिसहरूले पृथ्वीलाई विनाश गरिरहेका छन् । यसबारे सोच्नुहोस । कलाकारले पृथ्वीको बारेमा सोच्न भन्छ । त्यही भएर मैले यो काम गरे ’, ३६ वर्षका ती व्यक्तिले भने । पक्राउपछि उनलाई प्रहरीको साइक्याट्रिक युनिटमा राखिएको थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार