२० देशमा फैलियो मङ्कीपक्स, उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

आइतबार, जेठ १५, २०७९
Global Ime Bank

जेनेभा, १५ जेठ । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारीअनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । उनीहरुले विश्वभरी अहिलेसम्म २०० जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन् ।
“हामीलाई प्राप्त विवरणअनुसार विश्वभरी अहिलेसम्म झण्डै २०० मा सङ्क्रमण पुष्टि भएको छ भने अरु १०० भन्दाबढीमा शङ्कास्पद लक्षण देखिएको छ,” डब्लुएचओका अधिकारीको भनाइ छ ।
मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिनप्रति दिन फैलिँदै गएकाले यसले विश्वभरीलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् ।
यस भाइरसका कारण मानिसको मृत्यु नै हुने नगरेपछि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारिरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकको अनुरोध छ ।
डब्लुएचओका उच्च अधिकारीले सङ्क्रमण देखिएका मुलुकमा थप फैलिन नदिने र नदेखिएका मुलुकमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् ।– रासस/एएनआई

 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  ०५:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार