सोसल मिडिया
Contact Us
युनिकोड
कीभ (यूक्रेन), १५ जेठ । यूक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको बताएका छन् । रूसले आक्रमण गरेदेखि नै सरकारले आन्तरिक राजनीतिक युद्धविराम तोडेको आरोप उनले लगाए । सन् २०१४ देखि २०१९ सम्म सत्तामा रहेका पोरोशेन्कोले युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय टेलिभिजनमा उनको दलको धारणा राख्न पटक पटक सार्वजनिक हुने गरेका हुन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सत्तारुढ दलपछि ठूलो उनको यूरोपेली सोलिडारिटी पार्टी यूक्रेनको संसदमा दोस्रो ठूलो दल हो । रूसले आक्रमण गरेपछि यूक्रेनको संसद्ले धेरै रूसी समर्थक दलहरूमा प्रतिबन्ध लगाएको छ भने अरूलाई अझै पनि तथाकथित राजनैतिक युद्धविरामको सीमामा रहेर गतिविधि सञ्चालन गर्न अनुमति दिएको छ । यसले सबै यूक्रेनी दलहरूले युद्धको विरूद्ध एकजुट हुन घरेलु राजनैतिक असहमतिहरू पन्छाएर अघि बढेका छन् । पोरोशेन्कोको कार्यालयले सरकारले रूसविरूद्धको ऐक्यवद्धता जनाउन भएको सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै उनलाई ‘यूक्रेनीे सीमा पार गर्न दिन अस्वीकार गरिएको बताएको छ । “यो निर्णयबाट अधिकारीहरूले युद्धकालमा लागू रहेको ‘राजनीतिक युद्धविराम’ भङ्ग गर्ने खतरा भएको छ ।” ”रूसी आक्रामणको सामना गर्नुपर्दा राष्ट्रिय एकताको एउटा बलियो आधार रूसविरूद्धको युद्धमा घरेलु ऐक्यवद्धता थियो तर सरकारबाट यो भङ्ग गरिएको छ,” उनको कार्यालयले भनेको छ । पोरोशेन्कोले यूक्रेनी प्रतिनिधिमण्डल नेतृत्व गर्दै लिथुआनियामा भएको नाटो संसदीय सभाको बैठकमा सहभागिता जनाउन जानुपर्ने थियो र सरकारबाट यस पहिले यात्रा गर्ने अनुमति प्राप्त गरेका थिए यद्यपि पछिल्लो कदमले उनलाई त्यहाँ सहभागिता हुने सम्भावनालाई अन्त्य गरिदिएको छ । उनले लिथुआनियाका राष्ट्रपति गितानास नौसिदा र यूरोपेली संसदका एक समूहसँग भिल्नियसमा भेटवार्ता गर्न लागेका हुन् । त्यसपछि उनले यूरोपेली राजनैतिक दलहरूका नेतृत्वलाई एक ठाउमा भेला गर्ने शिखर सम्मेलनको लागि नेदरल्याण्ड्सको रोटरड्याम जाने कार्यक्रम रहेको थियो । यूक्रेनी राष्ट्रपतिसँग वार्ता गर्न पुटिनलाई वार्ता गर्न इयूका नेताहरुको आग्रह
जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले शनिबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई यूक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग ‘प्रत्यक्ष गम्भीर वार्ता’ गर्न आग्रह गरेका छन् । रूसी राष्ट्रपतिसँग ८० मिनेटको टेलिफोन वार्ताका क्रममा यूरोपेली संघका शक्तिशाली दुई नेताहरूले ‘तुरुन्तै युद्धविराम गर्न र रूसी सेनालाई यूक्रेनबाट’ हटाउन दवाव दिएको जर्मन चान्सलर सोल्जको कार्यालयले शनिबार जनाएको छ । म्याक्रोँ र सोल्जले पुटिनलाई “यूक्रेनी राष्ट्रपतिसँग गम्भीर तथा प्रत्यक्ष वार्ता गर्न र यस द्वन्द्वको कूटनीतिक समाधान खोज्न आग्रह गरेको चान्सलरको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । फ्रान्सेली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार तीन नेताहरूबीच टेलिफोनमार्फत् कुराकानी भएपछि “फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरले अजोभ्स्टलमा यूक्रेनी सुरक्षाकर्मीले आत्मसमर्पण गरेपछि रूसको नियन्त्रणमा रहेका करिब दुई हजार ५०० यूक्रेनी रक्षकहरूलाई मुक्त गर्न पनि आग्रह गरिएको थियो ।–रासस/एएफपी