भारतले चिनी निर्यातमा सीमा तोक्यो

बुधबार, जेठ ११, २०७९
Global Ime Bank

नयाँ दिल्ली, ११ जेठ । ६ वर्षमा पहिलो पटक भारतले चिनी निर्यातमा सीमा तोकेको छ । सरकारले यो सिजनका लागि एक करोड टन निर्यातको सीमा तोकेको छ । घरेलु बजारमा मूल्य नियन्त्रण गर्न पछिल्लो कदम चालिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । देशका मिलहरूले विश्व बजारमा कीर्तिमानी मात्रामा चिनी बिक्री गरेका छन् ।

१ जुनदेखि ३१ अक्टोबरसम्म विदेशमा कुनै पनि ढुवानीका लागि निर्यातकर्ताहरूलाई सरकारसँग अनुमति माग्न सरकारले जारी गरेको आदेशमा उल्लेख छ ।भारत संसारकै सबैभन्दा धेरै चिनी उत्पादन गर्ने देश हो । भारत ब्राजिपछिको दोस्रो ठूलो निर्यातकसमेत हो । 
 

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार