युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित

बुधबार, जेठ ११, २०७९
Global Ime Bank

किभ, ११ जेठ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको महिनौं लामो आक्रमणबिरूद्ध युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमाहरू विभाजित भएको बताएका छन् । ‘एकता हतियारका बारेमा हो । के यो एकता व्यवहारमा छरु म यो देख्न सक्दिन । हामी वास्तवमै एकताबद्ध हुँदा रुसमाथि हाम्रो ठूलो फाइदा हुनेछ’, जेलेन्स्कीले विश्व आर्थिक सम्मेलनमा भने । वासिंगटन  र युरोपेली देशहरूले युक्रेनमा अर्बौं डलरको हतियार उपलब्ध गराएका छन्, ताकि युक्रेनी सेनाले रुसी फौजलाई परास्त गर्न सकियोस् । 

युक्रेनले अमेरिकी नेतृत्वको नेटो सैन्य गठबन्धनमा थप समर्थन, सदस्यता र देशमा नो–फ्लाई जोन लागू गर्न आह्वान गरेको छ । किभले ठूलो सहयोग, अमेरिकी नेतृत्वमा रहेको नेटो गठबन्धनको सदस्यता र युक्रेनमा नो–फ्लाई जोन लागू गर्न आह्वान गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको समर्थनको लागि कृतज्ञ रहेको बताए । ‘हामी युरोपेली महादेशमा छौँ र हामीलाई एक संयुक्त युरोपको समर्थन चाहिन्छ’,  उनले थपे । 
 

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार