उत्तर कोरियाले तीन व्यालेस्टिक क्षेप्यास्त्र हानेको दक्षिण कोरियाको दाबी    

बुधबार, जेठ ११, २०७९
Global Ime Bank

सोल, ११ जेठ । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले पूर्वतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । उसले आफ्नो पूर्वी जलक्षेत्रमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले बताएका छन् । जेसीएसले स्थानीय समय अनुसार क्रमशः बिहान ६, ६ः३७ र ६ः४२ बजे प्योङयाङको सुनान क्षेत्रबाट प्रक्षेपण पत्ता लगाएको हो । योसँगै यो वर्ष उत्तरकोरियाले १७ औँ पटक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । दक्षिणकोरियाका राष्ट्रपति युन सुक–योलले उत्तरकोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) को बैठक गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले दिएको जानकारीअनुसार प्योङयाङको सुनान क्षेत्रमा यी क्षेप्यास्त्र हानेको पाइएको बताएको छ । बुधबार बिहान प्रहार गरेका यी तीन ब्यालेस्टिक क्षेप्यास्त्रसहित उत्तर कोरियाली सरकारले १७ औँ पटकसम्म क्षेप्यास्त्र हानेको पनि दक्षिण कोरियाली सरकारले जनाएको छ । दक्षिण कोरियाली समाचार समिति योनहापले उत्तर कोरियाबाट यी क्षेप्यास्त्रहरु प्रहार हुनसक्ने अनुमान भइरहेका बेला ती क्षेप्यास्त्र परीक्षण भएको पाइएको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको दक्षिण कोरिया र जापानमा भएको भ्रमणको एक दिनपछि उत्तर कोरियाले यो क्षेप्यास्त्र हानेको पाइएको छ ।–रासस/सिन्ह्वा

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १४:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार