भारतीय गृहणीले खानीमा फेला पारिन हिरा

बुधबार, जेठ ११, २०७९
Global Ime Bank

मध्य प्रदेश, ११ जेठ । मध्यप्रदेशको पन्ना जिल्लाको एउटा गाउँकी एक महिलाले एउटा खानीमा २ दशमलब शून्य ८ क्यारेटको हिरा फेला पारेकी छिन् । सो हिरा राम्रो गुणस्तरको भएको र लिलामीमा १० लाख भारु पुग्न सक्ने भारतीय अधिकारीहरूले जनाएका छन् ।

महिलाका श्रीमानले हिराको लिलामीबाट राम्रो मूल्य पाएमा पन्ना सहरमा घर किन्न चाहेको बताए । उनी पेसाले किसान हुन् । जिल्लाको कृष्ण कल्याणपुर पाटी क्षेत्रमा भाडामा लिएको खानीमा गृहिणी चमेली बाईले २ दशमलब शून्य ८ क्यारेटको हिरा  फेला पारेको पन्नाको हीरा कार्यालयका अधिकारी अनुपम सिंहले बताए ।ती महिलाले मंगलबार हिरा कार्यालयमा सो बहुमूल्य ढुंगा डिपोजिट गरेको अधिकारीले बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार