उत्तरले गर्यो एकैपटक तीनओटा मिसाइल प्रहार

बुधबार, जेठ ११, २०७९
Global Ime Bank

प्योङयाङ, ११ जेठ । उत्तर कोरियाले तीन वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले बुधरबार पूर्वी तटको सागरमा तीन वटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया भ्रमण सकेर स्वदेश प्रस्थान गरेको  केही घन्टापछि उत्तरले तीन ओटा मिसाइल प्रहार गरेको हो ।  क्वाड शिखर सम्मेलनमा सहभागी हुन बाइडेन टोकियो आएका थिए । भ्रमणका क्रममा उनी दक्षिण कोरिया पनि पुगेका थिए ।  उत्तरले करिब दुई सातापछि फेरि मिसाइल प्रहार गरेको हो । सन् २०२२ को सुरुदेखि नै उत्तर कोरियाले बारम्बार मिसाइल प्रहार गर्दै आएको छ । उत्तरले बुधबार प्रहार गरेको मिसाइल १७औँ हो । उत्तर कोरियाको राजधानी प्योङयाङको सुनान क्षेत्रबाट करिब एक घण्टाको अन्तरालमा मिसाइल प्रक्षेपण गरिएको दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार