सोसल मिडिया
Contact Us
युनिकोड
ग्वान्जाउ, १० जेठ । चिनियाँ विदेशमन्त्री वाङ यी र संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्च आयुक्तबीच चीनमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकारसमबन्धी उच्च आयुक्त माइकल बेचलेट हाल चीनमा छन् । चीन पुगेका उनी र चिनियाँ विदेशमन्त्री वाङका बीचमा ग्वान्जाउमा भेटवार्ता भएको थियो । सो भेटमा आफूले संयुक्त राष्ट्रसंघीय मानव अधिकार सम्बन्धी उच्च आयुक्तलाई १७ वर्षपछि पहिलो पटक भेट गरेको जानकारी विदेश मन्त्री यीले दिएका थिए । विदेशमन्त्री यीले संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको यो भ्रमण चीन र संयुक्त राष्ट्रसंघका बीचमा महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरेका थिए । यस भ्रमणबाट चीन र संयुक्त राष्ट्रसंघका बीचको आपसी समझ्दारीको विकासमा थप सहयोग पुग्ने चिनियाँ विदेशमन्त्री यीले बताउनु भएको छ ।–रासस/सिन्ह्वा