अष्ट्रियाका राष्ट्रपतिद्धारा दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा

सोमबार, जेठ ९, २०७९
Global Ime Bank

भियना, ९ जेठ । अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान डेर बेलेनले दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका छन् । युरोपसँगै अष्ट्रियाले अस्थिरता र विविध जटिलता भोगिरहेकाले त्यससँग जुध्नका लागि आफूले उम्मेदवारी दिन लागेको उनको भनाई छ ।
कोरोना भाइरसको महामारी, त्यसले अर्थतन्त्रमा पारेको प्रभाव, रुस—युक्रेन युद्ध, जलवायु परिवर्तनलगायतका विषयलाई आफूले मुख्य चुनौतीका रुपमा हेरेको ७८ बर्षीय बेलेनले उल्लेख गरेका छन् । 
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, “मेरो अनुभवलाई अझ एक कार्यकाल देशका लागि प्रयोग गर्न चाहन्छु, त्यसका लागि म अहिले रहेको पदमा दोहोरिन चाहन्छु ।” अष्ट्रियामा यही बर्षको अन्त्य तिर राष्ट्रपतिय निर्वाचन हुने तय भएपनि मिति भने यकिन भइसकेको छैन । त्यसैगरी उहाँसँग अर्को प्रतिश्पर्धी को हुन्छ भन्ने पनि स्पष्ट भइनसकेको समाचारमा जनाइएको छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार