सोसल मिडिया
Contact Us
युनिकोड
ग्वान्जाउ, ९ जेठ । चीनका विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारीकाबीचमा वार्ता भएको छ । हाल चीनको भ्रमणमा रहेका पाकिस्तानी विदेशमन्त्री जर्दारी र चिनियाँ विदेशमन्त्रीका बीचमा आइतबार ग्वान्जाउमा भेटवार्ता भएको चिनियाँ सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । पाकिस्तानी विदेशमन्त्री जर्दारी यही मे २१ मा चीन भ्रमणमा गएको थियो । त्यस क्रममा आइतबार उनीहरुका बीचमा वार्ता भएको बताइएको छ । त्यस क्रममा पाकिस्तानले चीनलाई महत्व दिएको र नयाँ सरकारका विदेश मन्त्रीले भ्रमणका रुपमा चीनलाई छानेकामा चीन खुसी भएको विदेशमन्त्री यीले बताएका छन् । हालै पाकिस्तानको विदेशमन्त्रीमा नियुक्त भएका जर्दारीले प्रारम्भिक रुपमा नै चीनको भ्रमणको कार्यक्रम तय गरेका थिए । त्यस क्रममा उनले पाकिस्तानको विकासका विभिन्न क्षेत्रमा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिएका थिए । साथै त्यस क्रममा पाकिस्तानी विदेशमन्त्री जर्दारीले पाकिस्तान सदैव एक चीन नीतिको पक्षमा रहेको र चीनसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको जानकारी दिएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।– रासस/सिन्ह्वा