सोसल मिडिया
Contact Us
युनिकोड
अर्घाखाँची, २४ वैशाख । कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा सन्तोष खनाल सर्वसम्मत चयन भएका छन् । जिल्ला सदरमुकाम सन्धिखर्कमा सम्पन्न विशेष अधिवेशनले घरेलु कार्यालयका कार्यालय प्रमुख सन्तोष खनाललाई जिल्ला शाखाको अध्यक्षमा चयन गरेको हो ।शुक्रबार सम्पन्न अधिवेशनले महिला उपाध्यक्ष रचना बुढाथोकी, सहसचिव राजु पाण्डे, सदस्यहरुमा माधव घिमिरे, दुर्गा वि।क।, नारायण प्रसाद दमासेलाई चयन गरेको छ ।
अधिवेशनमा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले कर्र्मचारी आफैमा सुन्दर अनि साझा फुलवारी रहेको उल्लेख गर्दै रचनात्मक काम गर्न आग्रह गरेका थिए । घिमिरेले कर्मचारी र सेवाग्राही विचको सम्वन्ध कायम गर्न मिलनकेन्द्र सफल होस भन्ने शुभकामना व्यक्त गरेका थिए ।सचिव गणेशराज पौडेलको संचालनमा सम्पन्न कार्यक्रम, निवर्तमान अध्यक्ष विनोद खनालको अध्यक्षता र रवी अर्यालको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।