सोसल मिडिया
Contact Us
युनिकोड
अस्ट्रेलिया । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको महत्त्वपूर्ण दिन भाइटीका अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले हर्षोल्लासका साथ मनाएका छन् । अस्ट्रेलियामा हुर्किएका दोस्रो पुस्ताका नेपाली बालबालिकादेखि नेपालबाट पुगेका अभिभावकसम्मले उत्साहपूर्वक भाइटीका मनाएका हुन्। दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका, माला र मिठाई लगाइदिँदै सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन् । विदेशमा रहेर पनि नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वसँग जोड्ने प्रयास भाइटीकाका अवसरमा देखिएको छ । पारिवारिक आत्मीयता र सांस्कृतिक पहिचानलाई निरन्तरता दिँदै अस्ट्रेलियामा रहेका नेपालीहरूले परम्पराअनुसार भाइटीका मनाएका हुन् ।