मकवानपुरमा आजबाट माइकिङ बन्द

शनिबार, वैशाख २४, २०७९

हेटौंडा, २४ वैशाख ।  मकवानपुरमा आज शनिबारबाट सवारीसाधनमा माइकिङ तथा सार्वजनिक सवारी साधनमा झण्डा राख्न नपाइने भएको छ । सयौँ सवारीमा ठुलो ध्वनिमा चुनावी माइकिङ गर्ने क्रम बढेपछि आजदेखि सवारीसाधनमा माइकिङ गर्न तथा सार्वजनिक सबारीसाधनमा झण्डा राख्न नपाईने भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले चुनावी नारा र गीतसहित गाडीमार्फत् हुने माइकिङले ध्वनि प्रदुषण गराएको र सर्वसाधारणमा असर परेको भन्दै आजबाट बन्द गर्ने निर्णय गरेको हो । अब सभा र भेलामा मात्रै माइक प्रयोग गरेर सम्बोधन गर्न सकिनेछ ।

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार