सोसल मिडिया
Contact Us
युनिकोड
महोत्तरी, २३ वैशाख । महोत्तरीको बर्दिबासबाट अवैध भन्सार छलेर ल्याएको ५३ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासले बिपी राजमार्गको सडकखण्डमा चेकजाँच गर्ने क्रममा बिहीबार अवैध मलसहित गाडी नियन्त्रणमा लिएको हो ।
सडकको दक्षिण तर्फबाट उतरतर्फ आउँदै गरेको प्र.२-०४-००१ च. ००३६ नम्बरको सेतो रङको योदा पिकअप गाडीलाई चेकजाँच गर्दा उक्त भन्सार छलेर ल्याएको युरिया मलसहित एक जनालाइ पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
भन्सार छली गरे ल्याउने गाडी चालक बर्दिबास - ८ वस्ने ४० बर्षिय प्रेमबहादुर थापा पक्राउनपरेका छन् । गाडीसहित ११ लाख ३७ हजार एक सय बराबरको भन्सार छली गरेको देखिएको इलाका प्रहरी कार्यालयका कार्यलय प्रमुख रवि रावलले जानकारी दिए ।चालकसहित नियन्त्रणमा लिएको सम्पूर्ण सामान भन्सार कार्यालय जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।