सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले मुलुकको पछिल्लो शान्ति(सुरक्षाको अवस्थाबारे तीनवटा सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार सुरक्षा प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्री शाहले चाडपर्वका समयमा अपनाइएको सुरक्षा व्यवस्था, नागरिकको जीउधनको संरक्षण तथा समग्र सुरक्षा व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन् । छलफलमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार के।सी। र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी थिए । प्रधानमन्त्री शाहले मुलुकको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको समन्वय सुदृढ गर्न निर्देशन दिएका छन् । सुरक्षा चुनौतीको सामना गर्न निकायहरूबीच नियमित सूचना आदानप्रदान र आपसी सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका हुन् । नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरूको ध्यानाकर्षण गराएका छन् । विशेष गरी चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाउन उनले निर्देशन दिएका छन् । प्रधानमन्त्री शाहले अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउँदै शान्ति–सुरक्षा व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । त्यसका लागि सम्बन्धित सुरक्षा निकायहरूले आआफ्नो जिम्मेवारी निर्वाह गर्दा आपसी समन्वयलाई विशेष महत्त्व दिनुपर्ने उनको भनाइ छ । चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले यसअघि नै विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको थियो। नागरिकको सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण तथा सुरक्षित आवागमन सुनिश्चित गर्न प्रहरी परिचालन र निगरानीलाई प्राथमिकता दिइएको थियो ।