जुम्लामा सुख्खा पहिरो : दुई बालकको मृत्यु, एक महिला घाइते 

बुधबार, वैशाख २१, २०७९

जुम्ला, २१ वैशाख   । जुम्लाको तिलागाउँपालिका- २ मा पहिरो जाँदा दुई बालकको मृत्यु भएको छ । पहिरोमा एक महिला घाइते भएकी छन् । तिला २ को डण्डेलीमा नयाँ घर निर्माणका लागी खनेको जगमाथिबाट सुख्खा पहिरो खस्दा तीन वर्षका शिशिर बोहरा र तीन वर्षकै  हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

त्यस्तै रण बहादुर बोहराको नयाँ घर निर्माणका लागि जम्मा गरिराखेको माटोको ढिस्कोमा पुरिएको उनीहरूको ज्यान गएको हो ।बोहराकी श्रीमती लक्ष्मी बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए । उनका अनुसार घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

मृतक दुवै बालबालिकालाई पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ । लक्ष्मी बोहरा घरनिमार्णको काम गर्दै गर्दा मृतक दुई बालक खेल्ने गएको हुन सक्ने प्रहरीले बताएको छ । प्रहरीका अनुसार दिउँसो साढे दुई बजे तिर सुख्खा पहिरो गएको हो ।  

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार