प्रधानसेनापति शर्माले दिए भारतीय समकक्षि पांडेलाईलाई बधाई तथा शुभकामना 

बुधबार, वैशाख २१, २०७९

काठमाडौं, २१ वैशाख   । प्रधानसेनापति प्रभुराम शर्माले नवनियुक्त भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडेलाई बधाई तथा शुभकामना दिएका छन् । भारतीय सेनाको स्थल सेनाध्यक्षमा नियुक्त भएकोमा बुधबार भिडियो कन्फरेन्स मार्फत शर्माले उनलाई बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको लागि शुभकामना दिएका हुन् । 

प्रधानसेनापति शर्माले उक्त भिडियो कन्फरेन्सको दौरान नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको परम्परागत विशिष्ट सम्बन्ध र आपसी सहयोग पांडेको कार्यकालमा अझ उचाईमा पुग्ने विश्वास व्यक्त  गरेका थिए । ‘उक्त अवसरमा भारतीय स्थल सेनाध्यक्ष जनरल पांडेलाई प्रधानसेनापति शर्माले नेपाल भ्रमणका लागि गर्नु भएको निमन्त्रणालाई स्वीकार गरी आपसी समन्वय र उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिलाउँदै दुई सेनाबीचको पारस्परिक सम्बन्ध भविष्यमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्नु भएको थियो,’ नेपाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार