होटेलको कोठामा युवक मृत अवस्थामा फेला 

बुधबार, वैशाख २१, २०७९

कञ्चनपुर, २१ वैशाख । महेन्द्रनगरस्थित नाइन इलेभन होटलेको कोठामा आज एक जना युवक मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटेलको कोठामा  मृतावस्थामा फेला परेका हुन् । मृत्युको कारण खुल्न सकेको छैन । घटनास्थल सिल गरी प्रहरीले अनुसन्धानको  गरिरहेको छ ।–रासस 
 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार