आईजीपी नियुक्ति निर्णयविरुद्धको पोखरेलको रिटमा आज सुनुवाइ

बुधबार, वैशाख २१, २०७९

काठमाडाैं, २१ वैशाख : नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारकाे गत आइतबारकाे निर्णयविरुद्ध परेकाे रिटमा आज  बुधबार सर्वाेच्च अदालतमा सुनुवाइ हुने भएकाे छ ।

सिंहको नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले वारेसमार्फत लगेको रिट स्वीकार गर्दै सर्वाेच्चले सुनुवाइका लागि आज बुधबार मिति तोकेको थियाे ।

वरिष्ठता मिचेर सिंहलाई आईजीपीमा नियुक्त गरेकाे दाबीसहित पाेखरेल गत साेमबार सर्वाेच्च पुगेका हुन् । सिंहभन्दा पोखरेल १६ महिना अगाडि एआईजीमा बढुवा भएका थिए । मन्त्रिपरिषद्काे आइतबारकाे बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेकाे थियाे ।

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १०:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार