ललितपुरमा २६ वर्षीया महिला बलात्कृत 

मंगलबार, वैशाख २०, २०७९

ललितपुर, २० वैशाख  ।  ललितपुरमा २६ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–४ इमाडोल शिलतहाइट बस्ने २३ वर्षीय टंक बहादुर बिकलाई सोमबार पक्राउ गरेको छ । 

बिकले ती महिलालाई उनकै कोठामा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार