एआइजीपी थापा बुधबारबाट काममा फर्कने

सोमबार, वैशाख १९, २०७९

काठमाडौं, १९ वैशाख  । सरकारले आइतबार मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा बुधबारबाट काममा फर्कने भएका छन् । 

सोमबार साँझ गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेर आफू बुधबारबाट काममा फर्कने बताएको गृहमन्त्रीका प्रेस सल्लाहकार मधुसुदन भट्टराईले जानकारी दिए । 
‘म बुधबारबाट संगठनको पूर्ववत काममा फर्कन्छु,’ अतिरिक्त महानिरीक्षक थापाले भने, ‘मंगलबार सरकारी बिदा छ । बुधबार हाजिर गरेर काम सम्हाल्छु ।’ उनी प्रहरीको कार्य विभाग प्रमुख हुन् । कार्य विभाग प्रमुख निर्वाचन हेर्ने प्रमुख भएकाले उनले नै प्रहरीको स्थानीय निर्वाचनको प्रमुख भएर काम गरिरहेका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  २३:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार