प्रहरीका दुई निकायमा प्रमुख फेरिए

नेपाल प्रहरीको महानिरीक्षकमा सिंह र सशस्त्रमा अर्याल
सोमबार, वैशाख १९, २०७९

काठमाडौँ, १८ वैशाख ।  सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा राजु अर्याललाई पदोन्नति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले दुवै सङ्गठनका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय (एआइजी) सिंह र अर्याललाई आइजिपीमा पदोन्नति गर्ने निर्णय गरेको खानेपानीमन्त्री उमाकान्त चौधरीले जानकारी दिए।–रासस

 

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  ०६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार