सोसल मिडिया
Contact Us
युनिकोड
महानिरीक्षक केसीले पदोन्नति भएका सशस्त्र प्रहरी नायव उपरीक्षकलाई बधाई तथा कार्य सफलताको शुभकामना दिँदै संगठनमा रहेर उनीहरूले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मूल्यांकन स्वरूप पदोन्नति प्राप्त भएको बताए ।
उनले दर्जासँगै बढेको जिम्मेवारीलाई अझ बढी क्रियाशील भई कार्यसम्पादनमा जुट्न निर्देशन दिँदै कमान्डर तहका अधिकृतहरूले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सही मार्ग निर्देशन दिँदै कार्यक्षेत्रमा खटिन अभिप्रेरित गर्नुपर्ने बताए ।
महानिरीक्षक केसीले पदोन्नति वृत्तिविकासको महत्त्वपूर्ण पाटोको रूपमा रहेको चर्चा गर्दै जिम्मेवारीका क्षेत्रहरूमा परिचालन हुँदा अझै बढी अनुशासित, लगनशील र ईमानदारितापूर्वक राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध भई क्रियाशील रहन निर्देशन दिए ।
नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको वैशाख १५ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहका ८७ जना, साधारण समूह लेखा उपसमूहका १० जना, साधारण समूह कानुन उप–समूहका २ जना र प्राविधिक समूह स्वास्थ्यतर्फ ६ जना सशस्त्र प्रहरी निरीक्षकहरू सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका हुन् ।